National life

आइएमई लाइफको आईपीओ भोलि बाँडफाँट हुने, ९ लाख भन्दा बढीलाई शेयर पर्ने सम्भावना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
638Shares
आइएमई लाइफको आईपीओ भोलि बाँडफाँट हुने, ९ लाख भन्दा बढीलाई शेयर पर्ने सम्भावना
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ भोलि (शनिवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार भोलि ११ बजे क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणलाई निष्कासन गरेको कुल शेयर ९६ लाख कित्ता शेयरको १.६४ गुणा बढी हुन आउँछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस आधारमा कम्पनीको आईपीओ ९ लाख ६० हजार जना आवेदकले १० कित्ताका दरले हात पार्नेछन् ।

कम्पनीले यहीँ असार २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले कूल १ करोड २० लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री गरेर बाँकी रहेकोमध्ये ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?