National life

आईएमई लाइफको आईपीओमा देखियो तीब्र आकर्षण, पहिलो दिनमै एकतिहाई आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
1.3kShares
आईएमई लाइफको आईपीओमा देखियो तीब्र आकर्षण, पहिलो दिनमै एकतिहाई आवेदन
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा पहिलो दिन नै माग गरेको कूल परिमाणमध्ये एकतिहाई आवेदन परेको छ । कम्पनीले बिहीबारदेखि पहिलो पटक प्रिमियम मूल्यमा ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यसै दिन २ लाख ४४ हजार ७९० जनाले ७५ करोड २६ लाख ५८ हजार ३३२ रुपैयाँ बराबर ३१ लाख ७६ हजार ९८० कित्ता सेयरका लागि आवेदन दिएको सीडीएससीले जानकारी दिएको छ ।

कम्पनीले १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री गरिसकेको छ । बाँकी सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। पहिलो दिन नै एकतिहाई बढीको आवेदन परेसँगै कम्पनीको आईपीओमा लगानीकर्ताहरुको तीब आकर्षण देखिएको छ ।

असार २१ गतेदेखि २५ गतेसम्म खुल्ला रहने कम्पनीको आईपीओका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?