National life

आईपीओ निष्काशन गर्न यी ५ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
1.4kShares
आईपीओ निष्काशन गर्न यी ५ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता ?
ncell

काठमाडौँ। पाँच वटा विभिन्न कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेका छन्। यीमध्ये हाइड्रोपावर, लगानी, होटल, उत्पादन तथा प्रशोधन र अन्य समूहका कम्पनीहरू रहेका छन्।

होटल क्षेत्रअन्तर्गत बुढानिलकण्ठ हेरिटेज लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न चैत १६ गते आवेदन दिएको छ। यस कम्पनीको बिक्री व्यवस्थापनको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, सभापोखरी हाइड्रोपावर लिमिटेडले पनि सोही अंकित मूल्यमा १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

उत्पादन तथा प्रशोधन समूहअन्तर्गत नेशनल बायोटेक लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्न निवेदन दिएको छ। यसका लागि एनआइएमबी एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक तोकिएको छ।

लगानी क्षेत्रको इष्टर्न साहारा कम्पनी लिमिटेडले २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ, जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

यस्तै, अन्य समूहअन्तर्गत पर्ने पशुपति रिन्यूएबल्सले १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। यस कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

उक्त सबै कम्पनीहरूले चैत १६ गते नै सेबोनमा आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?