National life
cg eloctronics

आज बस्ने राष्ट्रिय सभाको बैठकमा बजेट पारित गर्ने कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
426Shares
आज बस्ने राष्ट्रिय सभाको बैठकमा बजेट पारित गर्ने कार्यसूची
ncell

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक बिहान ११ः१५ बजे नयाँ बानेश्वरमा बस्न लागेको छ। उक्त बैठकमा विनियोजन विधेयक, २०८२ का सम्बन्धमा विभिन्न मन्त्रालय र शीर्षकहरूमा छलफल हुनेछ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

साथै,उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभा समक्ष टेबुल गर्नुहुने कार्यसूची निर्धारण गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?