National life
cg eloctronics

ओभरपास थप्न हतार गर्नुहुँदैन : सडक तथा यातायात विज्ञ गजुरेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
536Shares
ओभरपास थप्न हतार गर्नुहुँदैन : सडक तथा यातायात विज्ञ गजुरेल
ncell

काठमाडौँ । सरकारले चक्रपथ अन्तर्गत ग्वार्को चोकमा निर्माण गरेको ओभरपास गत असार ६ गते उद्घाटन गर्‍यो । उक्त संरचनालाई राजधानीको सडक पूर्वाधारमा एउटा ‘नयाँ सुरुवात’को रूपमा लिइएको छ। ओभरपास बनेपछि ग्वार्को क्षेत्रको ट्राफिक सहज हुने अपेक्षा लिइएको छ ।

नवनिर्मित ओभरपासले हाल ट्राफिक आवगमनमा सहजता थपेको अनुभव पनि सकड प्रयोगकर्ताहरूले सुनाउँछन् । तर यसले राजधानीका अन्य चोकहरूमा भने नयाँ समस्या थपिदिएको छ। यसले अरू प्रश्न जन्माइदिएको छ । ग्वार्कोपछि अब कुन ओभरपास बनाउने ? या बनाउनुअघि राम्रोसँग सोचविचार पो गर्ने कि ?

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यही प्रश्नको सन्दर्भमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक अशिष गजुरेलले महत्त्वपूर्ण सुझावहरू पेश गरेका छन् । "ग्वार्को क्षेत्रका सवारी प्रयोगकर्ताले ट्राफिक जामबाट छुटकारा पाएको महसुस गरेको उनको भनाइ छ । अब ग्वार्कोमा गाडी रोकिँदैनन् । जसले गर्दा दैनिक यात्रुहरूमा सहजता आएको छ। यो स्वभाविक रूपमा खुशीको कुरा हो," उनी बताउँछन् ।

तर ग्वार्काे ओभरपासले अन्य समस्या पनि लिएर आएको उनको गुनासो छ । ग्वार्को ओभरपास भई छुट्ने सवारीहरूले कोटेश्वर, सातदोबाटो, एकान्तकुना वा बल्खुमा पुगेर जाम ट्राफिक जाम बनाउन थालेको उनको बुझाइ छ । "ग्वार्काेमा ओभरपास बनेपछि त्यहाँको सवारी चाप त घट्यो । तर बालकुमारी र कोटेश्वर चोकमा त झनै अस्तव्यस्तता देखिन थालेको छ," उनले सुनाए ।

२७ किलोमिटर लामो चक्रपथको कुल ट्राफिक क्षमता नबढाएको तर्क उनी राख्छन् । "ग्वार्कोमा त ओभरपास बन्यो तर चक्रपथका बाँकी चोकहरू अझै पुरानै संरचनामा आधारित छन् । यसैले समस्या एक ठाउँबाट अर्को ठाउँमा सारेको छ । पूर्वाधार थपिएपनि समग्र योजना नबन्दा ‘बोतलनेक’ अर्को ठाउँमा सरेको मात्र हो," उनले थपे ।

nic asia capital

सरकारले चक्रपथका अन्य ठूला चोकहरूमा पनि ओभरपास बनाउने लक्ष्य लिएको छ । तर यातायात विकास समितिका कार्यकारी अधिकृत गजुरेल सरकारले हतार गर्न नहुने विचार राख्छन् । "सातदोबाटो, एकान्तकुना वा बल्खु जस्ता चोकमा तुरुन्तै ओभरपास बनाउने सोच अहिलेको लागि सही छैन । त्यसको सट्टा ग्वार्को ओभरपासको प्रभाव र अनुभवलाई केही समय अध्ययन गर्न आवश्यक देख्छु । यसको मूल्याङ्कनपछि मात्रै दीर्घकालीन योजना बनाउनु उपयुक्त हुनेछ," उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ओभरपास निर्माण गर्दैमा समस्या समाधान हुने सोच गलत रहेको उनको धारणा छ । पूर्वाधार निर्माणभन्दा पनि दीर्घकालीन समाधान सार्वजनिक यातायातको सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले सडकमा सवारीको संख्या घटाउने नीति लागू नहुँदासम्म सडक जामको समस्याको स्थायी समाधान सम्भव नहुने जिकिर गरे ।

त्यसो भए दीर्घकालीन समाधान के हुन सक्छ त ?

सडकमा हुने सवारी जाम कम गर्न राज्यले सार्वजनिक यातायातमा लगानी गर्ने नीति लिनुपर्ने गजुरेलको सुझाव छ । "छोटो अवधिमा फ्लाइओभर वा चौडा सडक प्रभावकारी देखिए पनि यो स्थायी समाधान होइन । सरकारको लगानी सार्वजनिक यातायातमा हुनुपर्छ । बस सेवा सुधार गरिएमा निजी सवारीको आकर्षण घट्नेछ र नागरिकहरू सार्वजनिक यातायातमा फर्किनेछन् । सस्तो, सरल र दीर्घकालीन समाधान नै यही हो," उनले सुझाव राख्दै भने ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?