National life

कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलले गरे संयुक्त अपिल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
468Shares
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलले गरे संयुक्त अपिल
ncell

काठमाडौं । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा प्रा.डा. शिवशरण महर्जनलाई विजयी गराउन नेकपा माओवादी केन्द्र सहितका तीन दलले संयुक्त अपिल गरेका छन् ।

महर्जनलाई विजयी गराउनको लागि नेकपा मओवादी केन्द्र सहित एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा अपिल गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शुक्रबार कीर्तिपुरको नयाँबजारमा तीन दलले संयुक्त प्रतिबद्धतापत्र जारी गर्दै महर्जनलाई विजयी गराउन आह्वान गरेका हुन् । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ ।

विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?