काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका किशोरविक्रम मल्ल पक्राउ परेका छन्। उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए। प्रहरी वृत्त महाराजगन्जमा मल्लविरुद्ध जाहेरी परेको थियो।
मल्ल विरुद्ध २० लाख ५० हजारको चेक अनादर गरेको आरोप लागेको छ । उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए।



































