National life
cg eloctronics

"डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत इन्फोसिस फिनाकल अवार्ड २०२५ पाएका हौं" (भिडियो)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
455Shares
"डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत इन्फोसिस फिनाकल अवार्ड २०२५ पाएका हौं" (भिडियो)
ncell

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५’ अन्तर्गत ‘बिजनेस मोडल इनोभेसन’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको छ। बैंकले डिजिटल इनोभेसनमा गरेको उत्कृष्ट कार्यको मूल्याङ्कनस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

प्रत्येक वर्ष इन्फोसिस फिनाकलद्वारा प्रदान गरिने यस अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट ३०० भन्दा बढी मनोनयन प्राप्त भएका थिए। कुल १० विधामा पुरस्कार प्रदान गरिने यस अवार्ड कार्यक्रमले बैंकिङ्ग क्षेत्रमा प्रविधि-आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्ग, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ्ग, तथा साइबर सुरक्षाका नविनतम मापदण्डहरू अवलम्बन गर्दै सेवा प्रदान गर्दै आएको छ। ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउने उद्देश्यले प्रविधिमा गरिएको लगातार लगानी र नवप्रवर्तनको परिणामस्वरूप बैंकले यो अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो।

यसै सन्दर्भमा आर्थिक भ्वाइस का सम्पादक विजय फुयाँलले माछापुच्छ्रे बैंकका चिफ अपरेटिङ अफिसर सुनिल खतिवडासँग गर्नुभएको विशेष कुराकानी प्रस्तुत गरिएको छ।

https://www.youtube.com/watch?v=p0JiNL-_K3A&t=1s
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?