National life
cg eloctronics

नर्भिक हस्पिटलद्वारा बुक बिल्डिङ्गमार्फत आईपीओ प्रक्रिया अघि बढाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.9kShares
नर्भिक हस्पिटलद्वारा बुक बिल्डिङ्गमार्फत आईपीओ प्रक्रिया अघि बढाइयो
muktinatha bikash bank

काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ।

हस्पिटलले आफ्नो कुल जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ। त्यसमध्ये ४० प्रतिशत बराबर ८ लाख १६ हजार ४८० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसै क्रममा कम्पनीले गत वैशाख ११ गते काठमाडौं म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम सम्पन्न गरिसकेको छ, जसमा लगानीकर्ताहरूलाई निष्काशन सम्बन्धी जानकारी दिइएको थियो।

बुक बिल्डिङ्ग प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूले गोप्य शिलबन्दीमार्फत आशयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

आशयपत्र बुझाउने अन्तिम मिति २०८३ साल वैशाख २१ गते साँझ ५ बजेसम्म तोकिएको छ। लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिंहदरबार प्लाजामा आफ्नो आवेदन बुझाउनुपर्नेछ।

everest bank

त्यसैगरी, आशयपत्र खोल्ने प्रक्रिया २०८३ साल वैशाख २२ गते साँझ ५ बजे नेप्सेको कार्यालयमै गरिनेछ।

यस निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ।

बुक बिल्डिङ्गमार्फत शेयर निष्काशनलाई स्वास्थ्य क्षेत्रमा निजी लगानी आकर्षित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। संस्थागत लगानीकर्ताबाट प्राप्त प्रस्तावका आधारमा शेयरको कटअफ मूल्य निर्धारण गरिनेछ, जसपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?