काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने वा नपाउने बारे सुझाव दिन नौ सदस्य उपसमिति गठन गरेको छ।
बिहीबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न विधेयकमाथिको छलफलका क्रममा निजी क्षेत्रमा अख्तियारको प्रवेशबारे सुझाव दिनका लागि नौ सदस्य उपसमिति गठन गरेको हो।
समितिका सदस्यहरूमा हृदयराम थानी, रघुजी पन्त, हितराज पाण्डे, चन्दा कार्की, बुद्धिमान तामाङ, अशोक राई, प्रकाश अधिकारी, सर्वेन्द्रनाथ शुक्ला र राजेन्द्र पाण्डे रहेका छन्।


































