National life
cg eloctronics

निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे जुट्यो सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
661Shares
निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे जुट्यो सहमति
ncell

काठमाडौँ । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रवारको बैठकमा यस्तो सहमति भएको हो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने शिक्षा विधेयकको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

निजी विद्यालयलाई अहिलेकै कम्पनी मोडलमा सञ्चालन हुन दिने कि गैरनाफामूलक (गुठी)मा लैजाने भन्ने विषयमा सांसदहरूले फरक फरक मत राखेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छलफलमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमालेका सांसदले मिश्रित धारणा राखे भने प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले निश्चित वर्ष तोकेर निजी विद्यालयलाई गुठीमा लैजानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राज्यको लगानी र ध्यान सार्वजनिक शिक्षामा लगाउनुपर्ने बताएका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?