काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरूले आगामी ३५ दिन भित्र काठमाडौँको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।
साथै तोकिएको म्याद भित्र विद्यमान संस्थापक शेयर धनीहरूबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।


































