National life
cg eloctronics

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
468Shares
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालको आदेश
ncell

काठमाडौँ। पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।

न्यायाधीश खेमराज भट्टको इजलासले आज बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको  कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उनी विरुद्ध गरिएको छ ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ भन्दै झुटो समाचार प्रकाशन गरेको दाबी छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?