National life

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड: ४.५ लाखले पाए, १९ लाखभन्दा बढीको खाली हात

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२९ फागुन २०८२, शुक्रबार
1.2kShares
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड: ४.५ लाखले पाए, १९ लाखभन्दा बढीको खाली हात
ncell

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड को नक्सालस्थित कार्यालयमा औपचारिक रूपमा बाँडफाँड गरिएको हो।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा सर्वसाधारणबाट उल्लेखनीय आवेदन परेको थियो। कुल २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर आवेदनमध्ये केही प्राविधिक त्रुटि तथा आवश्यक प्रक्रिया पूरा नभएका कारण ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ता बराबरको आवेदन बदर भएको जनाएको छ।

यसपछि २३ लाख ७६ हजार ७०५ जनाको २ करोड ५८ लाख ६२ हजार ४२० कित्ताका लागि परेको आवेदन सदर भएको थियो। सदर आवेदनहरूको आधारमा कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल ४५ लाख कित्ता सेयर बाँडफाँड गरेको हो। गोलाप्रथा विधिबाट गरिएको बाँडफाँडअनुसार ४ लाख ५० हजार जना आवेदकले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। ठूलो संख्यामा आवेदन परेका कारण धेरै आवेदकले भने सेयर पाउन सकेनन्।

यसअनुसार १९ लाख २६ हजार ७०५ जना आवेदकको हात खाली भएको छ। उच्च मागका कारण यो आईपीओमा अत्यधिक प्रतिस्पर्धा देखिएको छ। कम्पनीको आईपीओमा परेको आवेदन संख्या र मागले हाल नेपाली पूँजी बजारमा प्राथमिक सेयरप्रति सर्वसाधारणको आकर्षण अझै उच्च रहेको संकेत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?