National life
cg eloctronics

प्रतिनिधिसभाबाट 'संघीय निजामती सेवा विधेयक' पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
573Shares
प्रतिनिधिसभाबाट 'संघीय निजामती सेवा विधेयक' पारित
ncell

काठमाडौँ । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरे लगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।

सभामुख घिमिरेले भने ,‘संघीय निजामती सेवा विधेयक, २०८२ आज प्रतिनिधि सभाबाट पारित भएको छ। संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थान विन्दुको रूपमा लिएको छु।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए। यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए। प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रियसभाले पारित गरेपछि विधेयक पुनः प्रतिनिधि सभामा आउँछ। त्यसपछि सभामुख हुँदै राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनमा रूपान्तरित हुने व्यवस्था छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?