National life

फोटो सार्वजनिक गर्ने डा.भुसाललाई कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कास्की चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
472Shares
फोटो सार्वजनिक गर्ने डा.भुसाललाई कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कास्की चेतावनी
ncell

काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाललाई  जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गर्ने चेतावनी दिएको छ।

आज (बिहीबार) विज्ञप्ति जारी गर्दै कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी फोटो सार्वजनिक गरिएको भन्दै भुसाललाई कारबाहीको चेतावनी दिएको हो।

हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो भन्दै डा.भुसालले केही दिनअघि आफ्नो फेसबुकबाट सार्वजनिक गरेका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भए पनि डा.भुसालले सामाजिक सञ्जालमार्फत त्यसको वास्तविकताबारे जानकारी गराएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सो फोटो आफूले लामिछानेलाई भेट्न जानेक्रममा गत शनिवार कास्की प्रहरीको सिसिटिभीको मोनिटरबाट लिएको बताएका छन् । यता डा.निकोलस भुसालले भने आफूले फोटो सार्वजनिक गरेर गल्ती गरेको भन्दै माफी मागेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?