काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हाे ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
अब कम्पनीले १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ ।
धितोपत्र बोर्डले यो कम्पनीलाई अन्य समूहमा राखेको छ ।
कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।


































