National life
cg eloctronics

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
531Shares
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
ncell

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं ३ पाँचमानेका नवीन घिमिरले चलाएको बा. ७४ प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिकाको वडा नं ८ भेटघाट चोक निवासी अन्दाजी ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो ।

हिजो राति करिब सवा ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै ग्राण्डी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा आचार्यको राति सवा ११ बजे मृत्यु भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मोटरसाइकल चालक घिमिरेलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?