National life
cg eloctronics

यातायात व्यवसायीहरूले फिर्ता लिए आन्दोलन, बुधवारबाट निरन्तर गाडी चल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० जेठ २०८२, मङ्गलबार
436Shares
यातायात व्यवसायीहरूले फिर्ता लिए आन्दोलन, बुधवारबाट निरन्तर गाडी चल्ने
ncell

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले मङ्गलवार साँझ आन्दोलन फिर्ता लिएका छन्।

रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरू पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली एक महिनाका लागि रोकेपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्। मङ्गलवार साँझ बसेको सार्वजनिक यातायात बचाउ संघर्ष समितिको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको बैठकमा उपस्थित एक यातायात व्यवसायीले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारी वार्ता टोलीका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थले आफूहरुको तर्फबाट जिम्मेवारी पूरा भएको भन्दै बुधवारबाट नियमित रूपमा यातायात सञ्चालन हुने जानकारी दिएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?