काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
अदालतमा प्रहरीले थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै जिकिर लिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालयले रविमाथि अनुसन्धान गर्न थप १० दिनको म्याद बढाएको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गरेका थिए उनीहरूले रबीलाई तत्काल रिहा गर्न माग राखेका थिए ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।


































