National life

विकास बैंकहरुले कमाए २ अर्ब १६ करोड, कुन बैंकले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ माघ २०८०, सोमबार
606Shares
विकास बैंकहरुले कमाए २ अर्ब १६ करोड, कुन बैंकले कति ?
ncell

काठमाडौं । नेपालमा संचालित राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी मुनाफ आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् । कात्तिक मसान्तसम्ममा भने १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुको नाफा एक महिनामै ६१ करोड रुपैयाँले बढेको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
५ महिना अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यसअवधिमा यसले ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, गरिमा विकास बैंकले ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अरु बैंकको नाफा १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँबीचमा रहेको देखिन्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?