National life

विदेशमा रहेका नेपालीका लागि खुला एभरेष्ट कलरको आईपीओ आज बन्द हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
3.2kShares
विदेशमा रहेका नेपालीका लागि खुला एभरेष्ट कलरको आईपीओ आज बन्द हुँदै
ncell

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि एभरेष्ट कलर लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख १६ गतेदेखि श्रम स्वीकृति प्राप्त गरेका विदेशमा कार्यरत नेपाली लक्षित गरी आईपीओ खुला गरेको थियो।

यस चरणअन्तर्गत कुल ७९ हजार कित्ता सेयर छुट्याइएको छ। इच्छुक आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

त्यसैगरी, मेरो सेयर मार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ, जुन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालन गरिन्छ।

यस आईपीओको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटलले लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?