काठमाडौँ । देशभरका ११८ सार्वजनिक संस्थानमा सरकारले करिब ४ खर्ब रुपैयाँ लगानी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, सरकारले उल्लेखित संस्थानहरूमा ३ खर्ब ९५ अर्ब १९ करोड ३४ लाख रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ ।
लगानीमध्ये संस्थापक शेयरमा ३ अर्ब ७३ करोड ६६ लाख, अग्राधिकार शेयरमा ९ अर्ब ७९ करोड, तथा अन्तर्राष्ट्रिय संस्थाको शेयरमा ११ अर्ब ७४ करोड रुपैयाँको लगानी गरेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सबैभन्दा धेरै लगानी नेपाल विद्युत् प्राधिकरणमा १ खर्ब ८१ अर्ब ३३ करोड रहेको छ।
त्यस बाहेक सरकारले राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ६३ करोड, र कृषि विकास बैंकमा १३ अर्ब ३० करोड , हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा १२ अर्ब ४७ करोड, नेपाल आयल निगममा १० अर्ब ९४ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ९ अर्ब, नेपाल बैंक लिमिटेडमा ७ अर्ब ४९ करोड, र अन्तर्राष्ट्रिय मुद्रा कोषमा ६ अर्ब ५९ करोड रुपैयाँको लगानी गरेको कार्यालयले जनाएको छ ।
































