National life
cg eloctronics

वीरगन्ज नाकाबाट ४ खर्ब बढीको सामान आयात, अर्जेन्टिनाबाट मात्रै ४६ अर्ब बढीको भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
674Shares
वीरगन्ज नाकाबाट ४ खर्ब बढीको सामान आयात, अर्जेन्टिनाबाट मात्रै ४६ अर्ब बढीको भित्रियो
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगन्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ।

चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्। उक्त मुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चीनबाट आयात हुनेको हिस्सा भने एक दशमलव २२ प्रतिशत  छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगन्ज नाकामा रु पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका  वस्तु तथा सामान आयात भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, वीरगन्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । यो नाका हुँदै ११ महिनामा रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ । भारत निर्यातको हिस्सा भने ९५  दशमलव ०५ प्रतिशत छ ।

यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ  कुल निर्यातको दुई दशमलव ३८ प्रतिशत अर्थात् रु दुई अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ । त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा रु ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?