National life

शनिवार र आइतबार काठमाडौँसहित देशका अधिकांश भागमा हिमपातको सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
505Shares
शनिवार र आइतबार काठमाडौँसहित देशका अधिकांश भागमा हिमपातको सम्भावना
ncell

काठमाडौँ। आज बिहान देशभर मौसम अँध्यारो र चिसो देखिएको भए पनि अपराह्नदेखि भने मौसम खुलेर सफा रहने भएको छ । शुक्रवार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभावले मौसममा बदली हुने र सामान्य वर्षाको सम्भावना देखिएको मौसम विभागले जनाएको छ ।

यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने विभागको भनाई छ । शनिवार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौँसहित केही भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा यस अगाडिको भन्दा बलियो पश्चिमी वायु प्रणाली नेपाल भित्रिन लागेको कारण शुक्रवार रातिदेखि आइतबारसम्म हिमपात र वर्षा गराउने सम्भावना रहेको विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा पनि बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ ।

विभागले बिहीबार बिहान पनि तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । यसबाट जाडो महसुस हुने हुँदा स्वास्थ्य, यातायात, नागरिक उड्डयन क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?