काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहका शिक्षकका लागि शिक्षाशास्त्र विषय बाहेकका विषयमा अध्ययन गरेका व्यक्तिलाई पनि अवसर दिन सहमति जुटाएको छ।
शिक्षक सेवा आयोगमार्फत लिइने लाइसेन्स परीक्षा भने सबैका लागि अनिवार्य हुने भएको छ।
समितिले प्रत्येक पाँच वर्षमा वा पाठ्यक्रम परिवर्तन भएका बेला सरकारले तोकेको पुनर्ताजगी तालिम अनिवार्य रूपमा लिनुपर्ने र सो तालिमपछि मात्र शिक्षकको अद्यावधिक (नवीकरण) गरिने व्यवस्था पनि पारित गरेको छ।






































