काठमाडौँ । यस अगाडि तीन दिन सुधार देखिएको शेयर बजार आज राताम्य भएको छ। साताको पहिलो कारोबारका दिन बजार दोहोरो अकंले घटेको छ ।
बजारका लागि आवश्यक कुरा सबै सकारात्मक नै रहेको हुँदा आगामी यात्रालाई हरियाली हुने अपेक्षा गरे पनि केही नीतिले भने प्रभाव पार्दै आइरहेको छ । बजारमा लगातार गिरावट आउँदा लगाकर्तामा निराशा चुलिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अकंले घटेर २६०९.५८ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको ४.४७ प्रतिशतले शेयर मूल्य घटेको छ।
आज उक्त दिन बजारमा गिरावट आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स कम्पनी, सिन्धु विकास बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।


































