National life

शेयर बजारमा सुधार: दश उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
465Shares
शेयर बजारमा सुधार: दश उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ। साताको पहिलो कारोबारको दिन शेयर बजारमा सुधार आएको छ। दिनभर उतारचढाव आएको बजार अन्तिम समयमा आएर बढेको हो । बजारले वृद्धिको लय समाउने संकेत देखाएको छ । दोस्रो त्रैमासको वित्तीय विवरण नजिकिन थालेसँगै बजारमा हरियाली आउने अपेक्षा गरिएको छ ।

Royal Enfield
nic asia capital

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अकंले बढेर २६०१.२१ बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको १ करोड २९ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले शेयर मूल्य बढेको छ । आज फाइनान्स समूहको शेयर मूल्यले उचाइ कायम गरेको छ । फाइनान्स सेक्टर २.३२ प्रतिशतले बढेको हो। नेप्सेमा सूचीकृत १५ फाइनान्स मध्ये १४ कम्पनीको बढेको छ।

आइतबार १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । बजारमा सुधार आउँदा बोतलर्स नेपाल (बालाजु) को सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ९.०९ प्रतिशत, साम्लिङ पावर कम्पनीको ७.४६ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ७.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?