National life

सरकारले सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलगाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ जेठ २०८०, बुधबार
804Shares
सरकारले सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलगाउने
ncell

काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । यसअघि सरकारले बजेट वक्तव्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । उक्त घोषणाको सुन–चाँदी व्यवसायीले विरोध गरेका थिए ।

मंगलबार सुनचाँदी व्यवसायीले अर्थमन्त्री डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रकाशशरण महतसँग भेटेर सो कर फिर्ता गर्न माग गरेका थिए। त्यसक्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नरहेको बताए ।

अर्थमन्त्री महतले हिरा जवहारात, पत्थर जस्ता महँगा सामानमा सुनचाँदी जडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने भनेको बताए । ‘यस्ता वस्तुहरू जडान नगरिएका सुनचाँदीका गरगहनामा यस्तो कर लगाइँदैन।’ उनले भने ।

सुनका गरगहना हुने खानेदेखि हुँदा खानेसम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको अर्थमन्त्री महतले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?