National life

सर्वसाधारणका लागि कालंगा हाइड्रोको २८ लाख ७० हजार कित्ता आईपीओ जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०८ जेठ २०८३, शुक्रबार
2.1kShares
सर्वसाधारणका लागि कालंगा हाइड्रोको २८ लाख ७० हजार कित्ता आईपीओ जारी
ncell

काठमाण्डौ । आम सर्वसाधारणका लागि कालंगा हाइड्रो लिमिटेडले आजदेखि आईपीओ जारी गरेको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो ।

कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते हुनेछ ।

कम्पनीलाई रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्योर’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने मामिलामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?