National life

सुदूरपश्चिम एनपीएलको फाइनलमा पुग्ने पहिलो टीम बन्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
446Shares
सुदूरपश्चिम एनपीएलको फाइनलमा पुग्ने पहिलो टीम बन्यो
ncell

काठमाडौँ। जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।

ओपनर विनोद भण्डारीले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो ।

विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । ऐरीले चौका प्रहार गर्दै जित पक्कापक्की गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जनकपुरका ललित राजवंशी र किशोर महतोले १/१ विकेट लिए । जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए । स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए । सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो।

क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्ने भएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?