National life

सुनको भाउमा चमत्कारिक बढोत्तरी, २ दिनमा ९ हजार ६ सयले वृद्धि, कति पुग्यो तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
785Shares
सुनको भाउमा चमत्कारिक बढोत्तरी, २ दिनमा ९ हजार ६ सयले वृद्धि, कति पुग्यो तोलाको ?
ncell

काठमाण्डौ । नेपाली बजारमा सर्वाधिक उच्च बिन्दु कायम गरेको सुनको मूल्यले आफ्नै रेकर्ड तोडेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज थप नयाँ बिन्दुमा पुगेको हो ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो। उक्त दिन सुनको मूल्यमा ५ हजार ७ सयको बढोत्तरी आएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा उछाल आउदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो । यतिबेला अन्तररराष्ट्रिय बजारमा सुनको मूल्य ३ हजार २१५ डलरमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?