National life

सुनचाँदीको मूल्यमा भारी मूल्यको गिरावट : यस्तो छ आजको मूल्य र घट्नुको कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
1.5kShares
सुनचाँदीको मूल्यमा भारी मूल्यको गिरावट : यस्तो छ आजको मूल्य र घट्नुको कारण
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार ७०० रुपैयाँले घटेर प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कम हुनु र स्थानीय डिमाण्ड–सप्लाईको सन्तुलनको प्रभावका कारण सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरुको भनाई छ । यससँगै, सुनमा आएको ओरालोले सुन किन्ने र बेच्ने दुबै पक्षका व्यापारी र लगानीकर्ताहरूलाई प्रभावित बनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले ओरालो लागेर प्रतितोला पाँच हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। चाँदीको मूल्यमा आएको यो गिरावट पनि अन्तर्राष्ट्रिय चाँदी बजारमा मूल्य घट्नु र घरेलु बजारमा माग कम हुनुका कारण भएको देखिन्छ।

सुन–चाँदीको मूल्य घट्दा आभूषण व्यवसायीहरूले आफ्नो लगानी व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। विशेषज्ञहरूले लगानीकर्तालाई सुन र चाँदीमा ठूलो लगानी गर्नुअघि बजारको वर्तमान अवस्था ध्यानपूर्वक विश्लेषण गर्न सल्लाह दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?