National life

सुनचाँदीको मूल्यमा लगतार बृद्धि, एकतोला खरिद गर्न १ लाख ७८ हजार रुपैया खर्चनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
774Shares
सुनचाँदीको मूल्यमा लगतार बृद्धि, एकतोला खरिद गर्न १ लाख ७८ हजार रुपैया खर्चनुपर्ने
ncell

काठमाडौं । सुनको भाउले लगतार तीन दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेसँगै नेपाली बजारमा त्यसको प्रभाव परिरहेको छ ।

नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ ।

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?