National life

२१ लाख कित्ता IPO का लागि झन्डै ३० लाख आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
2.1kShares
२१ लाख कित्ता IPO का लागि झन्डै ३० लाख आवेदन
ncell

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा मागभन्दा धेरै गुणा बढी आवेदन परेको छ। कम्पनीले जारी गरेको आईपीओमा अन्तिम दिनसम्म ठूलो संख्यामा लगानीकर्ताको आकर्षण देखिएको हो।

कम्पनीको आईपीओका लागि २९ लाख ८९ हजार ८६९ जनाले आवेदन दिएका छन्। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदनकर्ताबाट कुल ३ करोड २६ लाख ५२ हजार २८० कित्ता बराबरको माग परेको छ, जसको रकम ३ अर्ब २६ करोड ५२ लाख २८ हजार रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता शेयर मात्र निष्कासन गरेको थियो।

आईपीओ बाँडफाँटपछि करिब २ लाख १० हजार लगानीकर्ताले १०/१० कित्ता शेयर पाउनेछन् भने बाँकी अधिकांश आवेदकको हात खाली हुने देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?