National life

भगवति हाईड्रोपावरले आईपीओ निष्काशन गर्दै, कहिलेदेखि दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
748Shares
भगवति हाईड्रोपावरले आईपीओ निष्काशन गर्दै, कहिलेदेखि दिने आवेदन ?
ncell

काठमाडौं । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ बिक्री गर्ने भएकाे छ । कम्पनीले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हाे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गर्ने लागेकाे हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको सेयरमा कास्कीको पोखरा महानगरपालिकावडा नम्बर १३, १४, २६ र २७ (साविकको पोखरा उप–महानगरपालिका वडा नम्बर १३, १४, १८ २२ र लेखनाथ नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरिनेछ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन २२ गतेसम्म लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
748SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?