काठमाडौँ । काभ्रेपलान्चोकका पनौती नगरपालिका ११ थुम्कीमा पहिरोले घर लग्दा पाँच जना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँच जना बेपत्ता भएका हुन्।
बिहीबार रातिबाट अविरल भएको वर्षाको कारण पहिरो आउँदा अर्जुन भण्डारीको परिवार बेपत्ता भएको पनौती निवासी एक स्थानीयले जानकारी दिएका छन्। साथै। सोही नगरका उप– प्रमुख गीता बन्जाराका अनुसार श्रीमान्श्री-मती र आफन्त ती नजना पहिरोमा पुरिएको खबर आएको तर वर्षाको कारण उक्त स्थानमा पुग्न नसकेको जानकारी दिएकी छिन् ।
राति २ बजे पहिरो खसेको हो भन्ने सोही वडा नं.११ का अध्यक्ष ज्यूले जानकारी गराउनु भयो भूगोलकै कारणपनी त्यहाँ पुग्न समय लाग्छ त्यसमाथि निरन्तरको वर्षाको कारण त्यहाँ पुग्ने ठाँउ ठाउँमा बाटो भासिएको छ । हामी घटनास्थलमा केन्द्रित छौ बन्जराले भनिन।
साथै, उक्त पहिरोको कारण घर भत्किँदा पशुचौपाया मर्नुको साथै उद्धारमा समस्या भएको स्थानीयले जानकारी दिएका छन्।




































