National life

म्यान्माका लागि एक करोड पाउन्ड मानवीय सहायता उपलब्ध गराउने बेलायतको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
547Shares
म्यान्माका लागि एक करोड पाउन्ड मानवीय सहायता उपलब्ध गराउने बेलायतको घोषणा
ncell

काठमाडौ । बेलायतले म्यान्माका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

म्यान्मामा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको जनाएको छ। भूकम्पका कारण म्यान्मामा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ।

बेलायती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेलायतको यो कोषले भूकम्पबाट अति प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधि र आवासका सामानको आपूर्ति लागि सहायता गर्नेछ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विकास मन्त्री जेनिफर च्यापम्यानले भने “बेलायतको आर्थिक सहयोगमा सञ्चालित स्थानीय साझेदारहरूले पहिले नै म्यान्मामा मानवीय सहयोग गरिरहेका छन्। “यस दुःखद घटनापछि म म्यान्माका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु,”

म्यान्माको मध्य भागमा गएको ७.७ म्याग्निच्यूडको भूकम्पपछि सेनाप्रति वफादार (जुन्टा) सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि विरलै गर्ने आग्रह गरेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?