National life

ब्रिटिस कलेज र लिड्स विश्वविद्यालयको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
525Shares
ब्रिटिस कलेज र लिड्स विश्वविद्यालयको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम सुरु
ncell

काठमाडौँ । द ब्रिटिस कलेज र लिड्स बेकेट विश्वविद्यालयको सहकार्यमा यस वर्षको "स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम ३.०" सुरु भएको छ । वार्षिक रूपमा गरिँदै आएको एक्सचेन्ज प्रोग्रामको तेस्रो संस्करण सोमबारबाट सुरु भएको हो ।

बेलायतको लिड्स विश्वविद्यालयमा कम्युटर विज्ञान विषय लिई स्नातक तहमा अध्ययन गरिरहेका ८ जना र ब्रिटिस कलेजका ८ जना गरी १६ जना विद्यार्थीले यस कार्यक्रममा सहभागिता जनाइरहेका छन् । कुल सहभागी विद्यार्थीलाई चार वटा समूहमा विभाजन गरिएको छ । क्लोज क्याम्पमा रहेर उनीहरूले दिइएको शीर्षकमा आफ्ना प्रोजेक्टहरू सम्पन्न गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लिड्स विश्वविद्यालयमा कोर्स डिरेक्टरका रूपमा कार्यरत डा. पुनहे बघेरी जदेहका अनुसार विद्यार्थीहरूले पहिरोका बारेमा सूचना दिने प्रणाली, पीएच स्केलमा आधारित पानीको गुणस्तर पत्ता लगाउने प्रणाली, वन्यजन्तु संरक्षणका लागि आइओटी (नाइटगार्ड प्रणाली) र वन फँडानीका बारेमा जानकारी दिने एप्लिकेशनसम्बन्धी अध्ययन गर्नेछन् ।

यस प्रकारको स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामले विद्याथीहरूलाई विश्वव्यापी रूपमा मित्रत्रा गाँस्न मात्र नभई समस्याहरूको नयाँ ढंगले हल खोज्न पनि सघाउ पुर्‍याउने उनले आशा व्यक्त गरिन् । अन्तरसांस्कृतिक संवेदनशीलताको विकास गर्न पनि कार्यक्रमले मद्दत पुग्ने उनको भनाइ थियो ।

पहिरोका बारेमा जानकारी दिने प्रणालीको विकासमा बबी म्याकाउन इन्ग्लेड्यूको समूहले काम गरिरहेको छ । समूहको सदस्यमध्येकी एक कञ्चना पसचेले उक्त प्रणालीले माटोमा रहेको ओसिलो पनालाई अध्ययन गरी पहिरोको सम्भावना रहे/नरहेको जानकारी दिने बताइन् । पहिरो जाने जोखिम देखिए उक्त प्रणालीले अलार्मका माध्यमबाट सूचना दिनेछ ।

एक्चेन्ज कार्यक्रमको क्याम्प पाँच दिनसम्म चल्ने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?