काठमाडौँ । काठमाडौँ उपत्यकामा एकाबिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ।
बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।
भूकम्पको धक्काका कारण बिहानै मान्छेहरू सडकमा निस्किएका छन् । भूकम्पबाट क्षति भए नभएको पुष्टि हुन सकेको छैन ।



































