National life

बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्कियोः अध्यक्ष अग्रवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ मंसिर २०८१, शनिबार
365Shares
बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्कियोः अध्यक्ष अग्रवाल
ncell

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्किएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अग्रवालले विदेशी मुद्राको सञ्चितिमा चाप पर्दा लिएको नीतिहरुले गर्दा पछिल्लो समय अर्थतन्त्रलाई थप समस्यामा पारेको बताएका हुन् । उनले पछिल्लो समय ऋणको माग नभएको नीजि क्षेत्रले ऋण निलएको भन्ने विषयमा सरकारको स्थिर नीति मुख्य कारण रहेको बताए । उनले युवा पलायन देशको सबैभन्दा ठूलो समस्या रहेकाले त्यसको लागि सूचना प्रविधि क्षेत्रको विकास गरेर युवाहरुलाई रोक्नको लागि आवश्यक पहल गर्न सरकारसँग अग्रह गरे ।

उनले सरकारले नीतिगत स्थिरता र विदेशी लगानी ल्याएर सूचना प्रविधिको विकास गर्नुपर्ने बताए । उनले भने, “उद्योगहरू ३०÷४० प्रतिशतमा चलिरहेका छन्, कर्जा प्रवाह भएन भनिएको छ, दिर्घकालिन जोखिम देखेर व्यावसायीले कर्जा नलिएका हुन् भन्नेबारे खासै चासो दिइएको छैन् ।’’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
365SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?