National life

१०० मतान्तर सहित टानको अध्यक्ष पदमा सागर पाण्डे निर्वाचित, यस्तो छ कार्यसमिति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
516Shares
१०० मतान्तर सहित टानको अध्यक्ष पदमा सागर पाण्डे निर्वाचित, यस्तो छ कार्यसमिति
ncell

काठमाडौँ। सोमबार भएको टानको निर्वाचनमा सागर पाण्डे ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा  निर्वाचित भएका छन् । पाण्डे १०० मतान्तर सहित विजय भएका छन् ।

पाण्डेले राजेन्द्र सापकोटालाई पराजित गर्दै टानको अध्यक्ष पदमा निर्वाचित भएका हुन्। पाण्डेले १०० मतान्तरले सापकोटालाई पराजित गरेका हुन् । अध्यक्ष पदको निर्वाचनमा पाण्डेले ५८० मत पाएका छन् भने सापकोटाले ४८० मत प्राप्त गरेका छन् । पाण्डे माओवादी केन्द्र निकट पर्यटन व्यवसायी हुन् भने सापकोटा कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार हुन् ।

Royal Enfield
nic asia capital

यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा १०० मतान्तर ५५८ मत ल्याएर विजय भएका छन् । उनका प्रतिस्पर्धी कर्मा चोलेन्द्रबहादुर कार्कीले भने ४८६ मत पाएका थिए । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालले ५३५ मत ल्याउँदै दावा लामालाई पराजित गरेका छन् ।  द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् भने महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ५५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र प्रसाद सुवेदीले ४९४ मत पाएका छन् ।

यस्तै गरी,  सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् । महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यमा अम्बीरबहादुर तामाङ, छाप्ते लामा शेर्पा, राजु गुरुङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा र विनोद कुमार तामाङ विजयी भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?