काठमाडौँ। स्वर्णिम होटल लिमिटेडले साधारण सभा आह्वान गरेको छ।
कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्ताव सहित यही पुस २८ गते काठमाण्डौस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजेका लागि सभा बोलाएको छ । उक्त सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने भएको छ ।
सभामा कम्पनीको पुँजी संरचनाअनुसार आईपीओ जारी गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिने भएको छ ।
यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गर्ने र चालु आवका लागि लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पारित हुने भएको छ ।





























