काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । मंगलवार नै काठमाडौँ ल्याइने भनिए पनि मौसम लगायतका विविध कारण देखाउँदै रोकिएको थियो ।
सभापति लामिछानेलाई आज साझ ५ः ३० बजे साँझ पोखरादेखि काठमाडौँ ल्याउन लागिएको हो । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौँ ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो।
रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले फेशबुक मार्फत जानकारी दिँदै लामिछाने समर्थकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन आग्रह गरेका छन् ।
उनलाई यस बिचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो। काठमाडौँमा भने लामिछानेविरुद्ध कालीमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ।



































