काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ नतिजा घोषणा कार्यक्रम भव्यताका साथ राष्ट्रिय नाचघर जमलमा सम्पन्न गरेको छ ।
उक्त अवसरमा फोटोग्राफर संघद्वारा आयोजित KPA Wedding Photo Award 2024 मा सह प्रायोजकका रूपमा सहयोग गर्ने CB Mount & Framing Center, Buddhanagar Kathmandu लाई धन्यवादका साथ संस्थाले सम्मान प्रकट गरेको छ ।
संस्थाको यस योगदानले महत्त्वपूर्ण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको छ। फोटोग्राफर संघको भनाई छ । फोटोग्राफर संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले आफूहरू उक्त सहयोगी संस्थाप्रति आभारी रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको जनाएको छ ।
त्यसको साथै, काठमाडौँ फोटोग्राफर संघले आयोजना गरेको CB Mount & Framing Center, Buddhanagar Kathmandu मा सह प्रायोजकको रूपमा सहयोग पुर्याउनु अर्को सहयोगी संस्था CB Mount & Framing Center, Buddhanagar Kathmandu प्रति फोटोग्राफर संघ आभारी रहेको भन्दै धन्यवाद प्रकट गरेको छ । सहयोगी संस्थाको समर्थनले कार्यक्रमलाई थप सफल र अर्थपूर्ण बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको र भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा राखेको संस्थाले जनाएको छ ।
देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका विवाहमा खिचिएका तस्बिरहरूको देशै भरबाट संकलन गरी मुख्य विधामा १००, prepost wedding तर्फ सहायक विधामा २० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरू मध्येबाट ५ भिडियोहरूलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्ययतामा अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवार्ड कार्यक्रममा उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरू संजय मगर ,ओम प्रकाश कुसुवाहा,लक्ष्मीपति पौडेल ,सौगात भट्ट ,प्रकाश गौतम ,महेश डंगोल, रामबहादुर तामाङ ,रत्नबहादुर बस्नेत, आकाश कुमार चौधरी ,सानुकाजी महर्जन रहेका थिए ।
उत्कृष्ट फोटो मध्य पहिलो स्थान ओगट्न सफल सञ्जय मगरले फुल फ्रेम मिररलेस क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन्,दोस्रो र तेस्रो स्थान क्रमशः ओमप्रकाश कुसुवाह र लक्ष्मीपति पौडेलले थिए भने सहायक विधामा प्रि पोस्ट वेडिङ तर्फ उत्कृष्ट प्रथम दिपक मैनाली, द्वितीय अजय बुढाथोकी, तृतीय स्थान कर्णबहादुर तिवारी र भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन् ।
उक्त फोटो र भिडियो सङ्कलन गर्ने क्रममा उक्त कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले देशैभरबाट संकलन भएका फोटो तथा भिडियोहरू उत्कृष्ट रहेको र निर्णायक मण्डलबाट आएको नतिजालाई सार्वजनिक गरेको बताएका छन्।
यसै कार्यक्रममा प्रमुख अतिथि संस्कृति पर्यटन तथा उडयन मन्त्री पौडेलले सबै फोटोहरू उत्कृष्ट रहेको र नेपाली संस्कृति र परम्परामा आधारित सम्पूर्ण विवाहमा खिचिएका तस्बिरहरू र भिडियोहरूले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने बताए। उक्त कार्यक्रमको सञ्चालन दीपक समीर तथा एलिजा कुतालले गरेका थिए ।
उक्त कार्यक्रममा काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेले देशै भरबाट फोटो र भिडियो पठाई सहयोग गर्नुहुने सम्पूर्ण फोटोग्राफर साथीहरूप्रति आभार व्यक्त गरेका छन्। उक्त उत्कृष्ट १२० फोटो तथा भिडियोहरूलाई २०८१ पौष १३ गते ११ बजेदेखि ४ बजेसम्म नेपाल कला परिषदमा प्रदर्शनीको लागि राखिएको थियो।



































