काठमाडौं । स्वोबियु निर्वाचनका लागि बिश्वबिद्धालय समन्वयन समिति संयोजकको केन्द्रीय जिम्मेवारी शरण कुमार बस्नेतलाई दिइएको छ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद परिषदद्धारा २०८१ चैत्र ५ गते सम्पन्न गर्ने गरी प्रस्तावित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको जिम्मेवारी बस्नेतलाई दिइएको हो ।
साथै निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी परिचालनका लागि संयोजकले आवश्यकता अनुसार उपसमिति गठन गर्न सकिने केन्द्रीय समितिले जनाएको छ ।
बस्नेतलाई आसन्न स्ववियु निर्वाचन २०८१ को परिणाम घोषणा सम्मका लागि जिम्मेवारी दिइएको हो । उनले निर्वाचन परिणामको एक हप्तापछि प्रतिवेदन संकलन गरी नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयमा पठाउनुपर्ने जनाएको छ ।




































