National life

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
387Shares
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
ncell

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।

रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको कांग्रेस भने तेस्रोमा धकेलिएको छ । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए । यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
387SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?