काठमाडौँ। इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त प्रस्ताव सहित फागुन १ गतेका लागि विशेष सभा बोलाएको छ।
सभा काठमाडौँको ज्ञानेश्वरस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ।
सभामा शेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव पारितका लागि पेश गरिने भएको छ ।
































