काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले आगामी पुस २५ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको भने कुनै प्रस्ताव पेश नगरेकाले लाभांशसँग सम्बन्धित कुनै पनि अजेण्डा सभामा पेश नहुने भएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखा परीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।



































