National life

अमेरिकाबाट फर्काइएकालाई सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
494Shares
अमेरिकाबाट फर्काइएकालाई सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइयो
ncell

काठमाडौं । अमेरिकामा कागजातविहीन भएपछि नेपाल फर्काइएका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नौ जनालाई सामान्य सोधपुछ र जानकारी लिए पश्चात परिवारको जिम्मा लगाएको छ।

अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।

उनीहरुमार्फत मानवतस्करीको कुनै नेक्ससबारे जानकारी आउँछ कि भन्ने हिसाबले सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ । अहिले उनीहरुलाई परिवारको जिम्मा लगाइए पनि रेडर्क राखिएकाले पछि समेत यो मामलालाई ब्यूरोले फलोअप गरिरहने जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । उनीहरु विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेको खुल्न आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?